अकामा होटलको साधारण सभा चैत ३ गते बस्दै, के के छन् एजेण्डा ?

शुक्रबार, १६ फागुन २०८१, १० : ३९

काठमाडौं -अकामा होटलले विशेष साधारण सभा आह्वान गरेको छ। होटल सञ्चालक समितिको बिहीबार बसेको बैठकले विशेष साधारण सभा आउँदो चैत ३ गते आयोजना गर्ने निर्णय गरेको हो। 

सभा काठमाडौंको धुम्बाराहीस्थित होटलको रजिस्टर्ड कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ।सभाले सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनी ऐनको दफा ५६ को उपदफा १(ख)बमोजिम अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

कम्पनीको प्रबन्ध पत्रको दफा तथा नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
 

शुक्रबार, १६ फागुन २०८१, १० : ३९

प्रतिक्रिया