काठमाडौं - बिजबेल लिमिटेडले आइपीओ ल्याउने भएको छ। कम्पनीले कम्पनीले आइपीओ ल्याउन प्रभु क्यापिटलसँग रोड टु आइपीओ सम्झौता गरेको हो ।
एक कार्यक्रमबीच सम्झौतापत्र प्रभु क्पापिटलका प्रबन्ध निर्देशक आशीष गौचन र बिजबेलका संस्थापक सुशील पोखरेलले हस्ताक्षर गरेका छन्। कार्यक्रममा हाइड्रो इम्पायर प्रालिका अध्यक्ष काजी लामा र प्रभु क्यापिटलका प्रमुख लगानी अफिसर दुर्गानन्द झाको उपस्थिति थियो।
सम्झौताबमोजिम प्रभु क्यापिटलले बिजबेललाई प्रि–आइपीओ र आइपीओ जारी गर्नेसम्मका लागि आवश्यक सेवा प्रदान गर्नेछ। प्रभु क्यापिटलले बिजबेललाई पुँजी संरचना, मूल्य योजना, प्रि–आइपीओ इक्विटी रेजिङ, बजारीकरण, आइपीओको तयारी र निष्कासन व्यवस्थापन सेवा प्रदान गर्नेछ।
सन् २०१४ मा स्थापना भएको बिजबेलले विशेषगरी स्वच्छ ऊर्जा क्षेत्रमा नवीकरणीय ऊर्जामा ध्यान केन्द्रित गर्दै आएको छ। कम्पनीको पोर्टफोलियोमा १ हजार मेगावाटको नवीकरणीय ऊर्जा परियोजना रहेको छ ।
बिजबेलले नेपालका दुर्गम क्षेत्रमा जलविद्युत परियोजना विकास गरेर योगदान गर्दै आएको छ।
प्रतिक्रिया