टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने

शुक्रबार, १६ फागुन २०८१, १३ : ४०

काठमाडौं - टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। 

कम्पनीले आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सम्बन्धित सम्झौता पत्रमा टाइम फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

गण्डकी प्रदेशको नवलपुर जिल्ला, गैंडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स डब्लुएचओ जीएमपी प्रमाणित औषधि उत्पादक कम्पनी हो। १९९५ को अक्टोबरमा स्थापना भएको कम्पनीले ठोस, अर्धठोस, र तरल औषधिजन्य उत्पादनहरूको विविध पोर्टफोलियो विकास गरेको छ।

कम्पनीले १९९७ देखि व्यावसायिक उत्पादन तथा मार्केटिङ सुरु गरेको थियो। स्थापनाको २८ वर्ष पूरा गरिसकेको टाइम फर्मास्युटिकल्सले हालसम्म विभिन्न थेराप्युटिक सेगमेन्टका २०० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको जनाएको छ।
 

शुक्रबार, १६ फागुन २०८१, १३ : ४०

प्रतिक्रिया