समिर भट्टको दोस्रो फिल्म ‘बलिदान’ फूलपातीमा रिलिज हुने

शुक्रबार, १६ फागुन २०८१, १५ : ०३

काठमाडौं - अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र 'बलिदान' यस वर्षको फूलपातीमा प्रदर्शन हुने  भएको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै निर्माण सन्तोष सेनले रिलिज डेटको औपचारिक घोषणा गरेका हुन् ।

समिर भट्टको पहिलो चलचित्र ‘१२ गाउँ’ गत वर्षको फूलपातीमा प्रदर्शन भएको थियो र त्यो चलचित्रले करीब २५ करोडको व्यापार गरेको थियो। निर्माता, निर्देशक र अभिनेता समेत रहेका विराज भट्टका अनुसार, '१२ गाउँ' ले दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ सँग प्रतिस्पर्धा गरेको थियो।

यस वर्षको फूलपातीमा 'बलिदान' को प्रदर्शनसँगै अर्को ठूलो प्रतिस्पर्धा पनि छ, जब यो चलचित्र अशोक शर्माको निर्देशनमा बनेको 'डबल ट्रिपल' सँग भिड्नेछ। 'डबल ट्रिपल' मा दयाहाङ राई, केकी अधिकारी, मेरुना मगर लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

शुक्रबार, १६ फागुन २०८१, १५ : ०३

प्रतिक्रिया