काठमाडौं - फागुन २९ गते रिलिज हुने फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र संघर्ष देखाउन खोजिएको छ ।
काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन गुरुङ, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, निर्देशक मिलन चाम्स लगायतको उपस्थिति थियो ।
फिल्ममा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ ।
प्रतिक्रिया