दिनेश राउतको फिल्म ‘महाभोज’को छायांकन सकियो

शनिबार, १७ फागुन २०८१, १३ : ३७

काठमाडौं -  दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘महाभोज’को छायांकन सकिएको छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य कैद गर्दै छायांकन सकिएको हो ।

चलचित्रको छायांक गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय छ।

छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।
 

शनिबार, १७ फागुन २०८१, १३ : ३७

प्रतिक्रिया