हुलास स्टिल इन्डष्ट्रिजको हकप्रद सेयर बिक्रीमा

आइतबार, १८ फागुन २०८१, १० : ५१

काठमाडौं - हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले आज फागुन १८ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । 

कम्पनीले १००ः२२.१८००१२९ को अनुपातमा प्रतिशेयर १०० अंकित दरका १७ लाख १२ हजार ०६ कित्ता हकप्रद निष्कासन तथा बिक्री खुला गरेको हो । यो हकप्रदमा पुस २८ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।

आवेदन चैत ३ गतेसम्म दिन सकिनेछ । त्यसैगरी हकप्रद खरिद गर्न अनिच्छुक सेयरधनीले कम्पनीका बहालवाला अन्य सेयरधनीलाई आफ्नो शेयर बेच्न सक्नेछन् । हकप्रद सेयर खरिदका लागि दरखास्त फाराम कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस, गणबहाल, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।
 

आइतबार, १८ फागुन २०८१, १० : ५१

प्रतिक्रिया