काठमाडौं - महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’को नयाँ गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक गरिएको छ ।
कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रहेको गीतमा सुगम पोखरेलको स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश दाहाल फिचर्ड छन् ।
फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वांगदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ ।
सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किंग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा छ ।
सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्म रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । फिल्मलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया