बलेफी हाइड्रोपावरको शेयरमा आवेदन दिने भोली अन्तिम दिन

आइतबार, १८ फागुन २०८१, १३ : ५८

काठमाडौं - बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर खरिद गर्ने अन्तिम दिन भोलि रहेको छ। 

बिक्रीमा राखिएको कुल सेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेको छ। लकइन अवधि आउँदो चैत २९ गते सकिने कम्पनीले जनाएको छ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।


 

आइतबार, १८ फागुन २०८१, १३ : ५८

प्रतिक्रिया