सेयर बजारमा उछाल, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

आइतबार, १८ फागुन २०८१, १५ : १३

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.२४ अंकले बढेर २८९०.२८ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा १२ उपसूचक हरियाली भएको छ ।

यस दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन सिन्धु विकास बैंकको ४० करोड ४ लाख ४६ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड ३५ लाख १२ हजार रुपैयाँ, सहास उर्जा लिमिटेडको २६ करोड ८५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

1

2

सकरात्मक सर्किट लागेका कम्पनी 

यस दिन हिमालयन डिस्टीलरी, गार्डियन माइक्रो लाइफ, दोर्दी खोला जलविद्युत कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

3

आइतबार, १८ फागुन २०८१, १५ : १३

प्रतिक्रिया