काठमाडौं - सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। निवेदन काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया