भोली देखि अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्दै ङादी ग्रुप पावर

सोमबार, १९ फागुन २०८१, १० : ५५

काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडले भोली (२० फागुन)देखि अवितरित हकप्रद सेयर बिक्री खुला गर्दैछ । 

कम्पनीले पुस २३ गतेदेखि माघ २९ गतेसम्म प्रतिकित्ता १०० रुपियाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । तर तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि ८ लाख ७३ हजार ६१.२२५ कित्ता शेयर बिक्री गर्न लागेको हो । 

यो शेयर जोकोही व्यक्ति व्यक्ति, संघसंस्था वा कम्पनीले खरिद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य तोकेर फागुन २० देखि २८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र फाराम सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंका साथै, सिद्धार्थ बैंकका शाखा कार्यालय विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पाइनेछ । माथि उल्लिखित स्थानमा नै फाराम बुझाउनसमेत सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
 

 
सोमबार, १९ फागुन २०८१, १० : ५५

प्रतिक्रिया