नेप्सेमा १३.६२ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

सोमबार, १९ फागुन २०८१, १५ : ०८

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६२ अंकले घटेर २८७६.६६ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा ५ उपसूचक हरियाली भएको छ । उक्त दिन गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

share

1

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख ४७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ७३ करोड ४२ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन डिस्टीलरीको ३६ करोड ३७ लाख ८४ हजार रुपैंया, एचआइडिसिएलको ३४ करोड १९ लाख ५३ हजार रुपैयाँ, सिन्धु विकास बैंकको २७ करोड ८२ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

2

सोमबार, १९ फागुन २०८१, १५ : ०८

प्रतिक्रिया