काठमाडौं - पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरेको हो ।
पारसलाई चौथो पटक हृदयघात भएको हो । पारसको अवस्था अहिले सुधारोन्मुख रहेको छ, र उनी चिकित्सकको निगरानीमा रहेका छन्।
यसअघि पनि २०७५ माघ महिनामा उनी हृदयघातको शिकार भएका थिए, र त्यति बेला पनि उपचारको लागि नर्भिक अस्पतालमै भर्ना गरिएको थियो।
प्रतिक्रिया