चलचित्र ‘जनै हराएको बाहुन’ तीजमा प्रदर्शन हुने

सोमबार, १९ फागुन २०८१, १६ : ०७

काठमाडौं - चलचित्र ‘जनै हराएको बाहुन’ आगामी हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने भएको छ । निर्माण युनिटले चलचित्रको एक ब्यानर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएको हो । 

चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिका रहनेछ । आमा र छोराबिचको इमोस्नल कथा यो चलचित्रमा छ । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनले यसैबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन् ।

पेपर क्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन् । यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ ।  

सोमबार, १९ फागुन २०८१, १६ : ०७

प्रतिक्रिया