प्रि ओपन सेसनमा बढ्यो नेप्से

मंगलबार, २० फागुन २०८१, ११ : २६

काठमाडौं - साताको तेस्रो दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ०.५अंकले बढेको छ ।

यससँगै सूचक २८७७.२२ विन्दुमा कायम भएको छ । मंगलबार ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।७१ कम्पनीको ४७ हजार ७ सय ९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५१ वटा कारोबार भएको हो ।

३१ कम्पनीको मूल्य बढ्दा ३५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
 

मंगलबार, २० फागुन २०८१, ११ : २६

प्रतिक्रिया