काठमाडौं - हिमालय एयरलाइन्सले आगामी चैत १८, २०८१ (मार्च ३१, २०२५) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो नियमित व्यावसायिक उडान सुरु गर्ने घोषणा गरेको छ।
पोखराबाट अब हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं मार्गमा साप्ताहिक उडान सञ्चालन गर्ने छ। एयरलाइन्सले चैत्र १८ गते बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–ल्हासा उडान गर्नेछ ।
चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ। सोही जहाज स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन २०७९ पुस महिनामा भएको थियो, तर अहिलेसम्म यहाँबाट नियमित व्यावसायिक उडान सुरु भएको थिएन। हिमालय एयरलाइन्सले व्यावसायिक उडान सुरु गर्दा यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने पहिलो वायुसेवा बन्नेछ।
प्रतिक्रिया