काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.३६ अंकले घटेर २८४६.३० को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा १३ उपसूचक राताम्य भएका छन्।आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ ।
सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६४ करोड २५ लाख रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिन्धु विकास बैंक कम्पनीको ४७ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको ३९ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया