काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले आज (फागुन २० गते) देखि संस्थापक सेयरधनीको नाममा रहेको ४३ हजार १२६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को ब्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
प्रतिक्रिया