काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता सेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा ल्याएको छ। बैंकले सबैले किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सेयर किन्न आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ। सेयर किन्न इच्छुकले आज फागुन २१ गतेदेखि २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ।
प्रतिक्रिया