काठमाडौं - लक्ष्मी सन्राइज बैंक लिमिटेडले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी १० लाख २४ हजार ६८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
सो सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंका हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।
तोकिएको सयमसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर किन्नका लागि लिखित जानकारी हुन नआएमा उक्त सेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
प्रतिक्रिया