साना किसान विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

बुधबार, २१ फागुन २०८१, ११ : ३०

काठमाडौं - साना किसान विकास लघुवित्तले संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्रीका लागि राखेको छ । 

लघुवित्तले साना किसान सहकारी संस्थाहरू र विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । सेयरको न्यूनतम मूल्य ३०० रुपियाँ निर्धारण गरिएको छ । 

सेयर खरिद गर्न इच्छुक जोकोहीले भोलि फागुन २२ गतेदेखि २६ गतेसम्म शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १००० कित्ता र अधिकतम ५००० कित्ताका लागि आवेदन दिन सकिनेछ । 

आवेदन लघुवित्तको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटका साथै, साना किसान सहकारीको कर्पोरेट कार्यालय बबरमहल र शाखा कार्यालय बिर्तामोड झापामा पनि बुझाउन सकिनेछ । 
 

बुधबार, २१ फागुन २०८१, ११ : ३०

प्रतिक्रिया