नेप्सेमा २५.१६अंकको गिरावट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

बुधबार, २१ फागुन २०८१, १५ : १६

काठमाडौं - साताको चौथो कारोबार दिन सेयर बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अंकले घटेर २८२१.१३ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट आउँदा पनि उक्त दिन गार्डियन माइक्रो लाइफ र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

1

2

सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९६ करोड ७० लाख ९५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ९० करोड ३१ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन सगरमाथा जलविद्युत कम्पनीको ३० करोड ७९ लाख ४७ हजार रुपैंया, एनआरएन एन्फ्रास्ट्रक्चरको २९ करोड ७६ लाख ४५ हजार रुपैयाँ, घलेम्दी हाइड्रोको २७ करोड ४३ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।

3

बुधबार, २१ फागुन २०८१, १५ : १६

प्रतिक्रिया