फिल्म ‘श्री बुकुरो’ को दोस्रो टिजर सार्वजनिक

बुधबार, २१ फागुन २०८१, १६ : २८

काठमाडौं - फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । 

फिल्मको निर्देशन सुदीप भुपाल सिंहले गरेका हुन् ।यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका सिंह ७ वर्षपछि यसै फिल्म मार्फत फर्किएका हुन् । 

रेन्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

लेखन समेत निर्देशक सिंहको रहेको फिल्म रुबी सेन सिंहले निर्माण गरेका हुन् । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको फिल्म मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । फिल्मको गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।

 

बुधबार, २१ फागुन २०८१, १६ : २८

प्रतिक्रिया