सांगीतिक जोडी अस्मिता अधिकारी र महेश काफ्ले विवाह बन्धनमा बाँधिँदै

विहीबार, २२ फागुन २०८१, ११ : १२

काठमाडौं - गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बिहीबार विवाह बन्धनमा बाँधिन लागेका छन् ।

उनीहरूको विवाह समारोह काठमाडौंमा आयोजना भइरहेको छ, जहाँ दुवैले नजिकका साथीभाइ, आफन्त र गीतसंगीत क्षेत्रका विभिन्न व्यक्तिहरूलाई निम्तो दिएका छन्।

विवाह समारोह भने केही दिन अगाडिदेखि आयोजना भइरहेको छ । जसमा उनीहरुले हल्दी, मेहेन्दी लगायतका गरिसकेका छन् । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

 
विहीबार, २२ फागुन २०८१, ११ : १२

प्रतिक्रिया