काठमाडौं - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६० अंकले बढेको छ ।
यससँगै सूचक २८२२.७४ विन्दुमा कायम भएको छ । मंगलबार ९४ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५१ कम्पनीको ११ हजार ४ सय ३७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो । २१ कम्पनीको मूल्य बढ्दा २५ वटाको भाउ घटेको छ ।
प्रतिक्रिया