काठमाडौं - पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ७ करोड ८१ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज (फागुन २२ गते) बिहान १०ः०७ बजेसम्म ३५ हजार ७०४ जनाले ७ लाख ८१ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५.४२ गुणा बढी आवेदन हो । कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो । वैदेशिक रोजगारमा रहेका नेपालीले यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।
यसमा चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
प्रतिक्रिया