एनआईसी एशिया ग्रोथ फण्डको कारोबार फागुन २६ गतेदेखि बन्द हुँदै

विहीबार, २२ फागुन २०८१, १३ : ०४

काठमाडौं - एनआईसी एशिया क्यापिटलले सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डको कारोबार आगामी २५ फागुन २०७९ आइतबारसम्म मात्रै हुने जनाएको छ। 

यस फण्डको दोस्रो बजारमा कारोबार २६ फागुनदेखि बन्द हुने छ। यो फण्ड ७ वर्षे बन्दमुखी योजना हो र अब यो पण्ढको अवधि समाप्त हुँदै छ । क्यापिटलका अनुसार, एनआईसी एशिया ग्रोथ फण्ड फागुन २५ गते परिपक्क हुने भएको हो, र त्यस दिनसम्म कायम इकाईधनीहरूले मात्र पण्ढको खारेजीपछि प्राप्त हुने प्रतिफल प्राप्त गर्नेछन्।

यस फण्डमा सहभागी भएका इकाईधनीहरूलाई अभौतिककरण गर्न बाँकी भएमा यथाशिध्र अभौतिकीकरण गर्न र नगद प्रतिफल प्राप्त लिन बाँकी भएकाले हितग्रही खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ ।

एनआईसी एशिया ग्रोथ फण्डले ६ वर्षको अवधिमा कुल ८५ प्रतिशत प्रतिफल वितरण गरेको छ। फण्डको सञ्चालनको क्रममा वर्ष १ मा १० प्रतिशत, वर्ष २ मा १२ प्रतिशत, वर्ष ३ मा ३० प्रतिशत, वर्ष ४ मा १३ प्रतिशत, वर्ष ५ मा १०.५ प्रतिशत र वर्ष ६ मा ९.५० प्रतिशत प्रतिफल वितरण भएको थियो।

विहीबार, २२ फागुन २०८१, १३ : ०४

प्रतिक्रिया