यो वर्षको एसईईमा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुँदै

विहीबार, २२ फागुन २०८१, १३ : ३६

काठमाडौं- आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार विद्यार्थी रहेका छन् । त्यस्तै, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिका लागि ४ हजार (२०७८-०७९) ले फारम भरेका छन् ।

यस वर्ष एसईईका लागि २१ सय ३१ वटा परीक्षा केन्द्र तोकिएको छ भने त्यसमा केही घटबढ हुन सक्ने बोर्डले जनाएको छ ।

अहिले विद्यार्थीहरुले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ ।
 

विहीबार, २२ फागुन २०८१, १३ : ३६

प्रतिक्रिया