प्रभु बैंकको ९ लाख ४७ हजार कित्ता सेयर बिक्रीमा

विहीबार, २२ फागुन २०८१, १४ : ५१

काठमाडौं - प्रभु बैंकले बैंकका सेयरधनीको नाममा रहेको ९ लाख ४७ हजार २७३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । 

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको मूल्य भने तोकेको छैन ।  यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले फागुन २२ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । 

उक्त समयमा सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ । 

  
 

विहीबार, २२ फागुन २०८१, १४ : ५१

प्रतिक्रिया