काठमाडौं - नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रवार फागुन २३ गते बिहीबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार शुक्रवार बिहान ८ः३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।कम्पनीको आइपीओमा २ अर्ब ४४ करोड ८३ लाख २२ हजार हजार रुपैंया बराबरको आवेदन परेको छ ।
सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा फागुन १५ गते अन्तिम दिनसम्ममा १९ लाख ९७७ जना सर्वसाधारण आवेदकहरूले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १३.२७ गुणा बढी आवेदन हो ।
मागभन्दा बढी आवेदन परेको कारण उक्त आईपीओ गोला प्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । त्यस कारण आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १७ हजार ४७७ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया