नेप्सेमा झिनो अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

विहीबार, २२ फागुन २०८१, १५ : १२

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको१ करोड ९० लाख ४१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ९ उपसूचक राताम्मै भएको छ । 

यस दिन बजारमा गिरावट आउँदा पनि गार्डियन माइक्रो लाइफ र भुगाले इनर्जी डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

1

Capture

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब १२ करोड ८३ लाख ६२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको १ अर्ब ८ करोड १ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन एनआरएन एन्फ्रास्ट्रक्चरको ३४ करोड १७ लाख ७५ हजार रुपैंया, घलेम्दी हाइड्रोको २९ करोड ७६ लाख ४५ हजार रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको २६ करोड ४७ लाख २१ हजार रुपैयाँको कारोबार भएको हो ।

Capture

 

विहीबार, २२ फागुन २०८१, १५ : १२

प्रतिक्रिया