काठमाडौं - फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान)को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।
आगामी चैत्र ८ गते प्रदर्शनमा आउने फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनालको अभिनय छ । सागरले यसै फिल्म मार्फत अभिनयमा डेब्यु गरेका हुन् ।
फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । पाण्डेको यो डेब्यु फिल्म हो । फिल्ममा पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, प्रद्युम्न मिश्रको डीओपी, रामशरण उप्रेतीको छायांकन रहेको फिल्मको पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् । फिल्म कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्दैछ ।
प्रतिक्रिया