काठमाडौं– महुली लघुवित्तको १२ औं वार्षिक साधारण सभा आज बस्दै छ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०८०\८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, आर्थिक वर्ष २०८०\८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल, आर्थिक वर्ष २०८१\८२ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिक्रिया