सुर्खेत पुगे प्रधानमन्त्री ओली, कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने

शुक्रबार, २३ फागुन २०८१, १३ : २७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन् ।

आज मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली सुर्खेत पुगेका हुन् ।  

प्रधानमन्त्रीले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुनेछन् । 

प्रधानमन्त्रीले आजै कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । ओलीलाई साढे दुई बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले स्वागत गर्नेछन् ।

शुक्रबार, २३ फागुन २०८१, १३ : २७

प्रतिक्रिया