साताभर ३.३९ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, २४ फागुन २०८१, ११ : ३२

काठमाडौं- यस साता नेप्से परिसूचक ३.३९ अंकले बढेर २८१८.४३ विन्दुमा पुगेको छ । गत साता २८१५.०४ विन्दुमा बन्द भएको नेप्से यो साता ३.३९ अंकले बढेर २८१८.४३ विन्दुमा पुगेको हो। 

साताको पहिलो दिन आइतबार नेप्से ७५.२४ अंकले बढ्यो, सोमबार १३.६२ अंकले घट्यो, मंगलबार ३०.३६ अंकले घट्यो, बुधबार २५.१६ अंकले घट्यो र बिहीबार २.७० अंकले घट्यो। यस साता पाँच कारोबार दिनमध्ये आइतबारबार मात्र नेप्से बढ्यो भने बाँकी दिन सामान्य घटेको थियो ।

यो साता औसतमा दैनिक १२ अर्ब ५१ करोड ११ लाख ९० हजारको भएको छ । आइतबार १४ अर्ब २५ करोड ४ लाख ७५ हजार बराबरको कारोबार भयो  । सोमबार १४ अर्ब २५ करोड ४ लाख ७५ हजार, मंगलबार १२ अर्ब ९४ करोड ६४ लाख र बुधबार १० अर्ब ९७ करोड २६ लाख ५४ हजारको कारोबार भयो । त्यस्तै, बिहीबार १० अर्ब १० करोड बराबरको कारोबार भयो । 

साताको पहिलो कारोबार दिन नेप्से ७५.२४ अंकले बढेर २८९०.२८ को विन्दुमा कायम भएको त्यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से १३.६२ अंकले घटेर २८७६.६६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ३०.३६ अंकले घटेर २८४६.३० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको  २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता  शेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँको कारोबार भएको थियो । 

साताको चौथो कारोबार दिन नेप्से २५.१६ अंकले घटेर २८२१.१३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन नेप्से २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको१ करोड ९० लाख ४१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोड रुपैयाँको कारोबार भएको थियो ।

शनिबार, २४ फागुन २०८१, ११ : ३२

प्रतिक्रिया