काठमाडौं- क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा १ अर्ब २० करोड ५४ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ ।
सिडिएसका अनुसार फागुन २३ गते शुक्रबार साँझसम्ममा ९ लाख ७३ हजार १८२ जनाले १ करोड २० लाख ५४ हजार ४५० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ६.५३ गुणाले बढी आवेदन हो ।
कम्पनीले सर्वसाधारणका लागि आइपीओ खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।
सोमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।
सर्वसाधारणका लागि खुला भएको आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ। आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइन्छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया