काठमाडौं- फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’ धरानमा प्रिमियर गरिएको छ । शुक्रवार साँझ धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र युनिट, खेलाडी र स्थानिय पत्रकारको उपस्थिति थियो ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर निर्माण भएको चलचित्र हङकङ, कोरिया र बेलायतपछि धरानमा प्रिमिएर गरिएको हो ।
चलचित्रमा एन्जिला तुम्बापो सुब्बाको अलवा प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । फिल्मका निर्देशक मिलन चाम्स हुन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विनोद अग्रवाल हुन् । यस चलचित्रमा टुबेन्द्र लिम्बु र राजेश बगडिया सह–निर्माताको रुपमा रहेका छन् ।
प्रतिक्रिया