लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केन्द्रमा प्रवेश

शनिबार, २४ फागुन २०८१, १६ : २६

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन्। नवप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुन्। गत स्थानीय तह निर्वाचनमा उनी यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो भएका थिए।

तेलीले काङ्ग्रेस एमाले पहिचान विरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको बताएका छन्।

शनिबार, २४ फागुन २०८१, १६ : २६

प्रतिक्रिया