काठमाडौं - आज फागुन २५ गते, आइतबार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली फागुन २६ गते बुकक्लोज गर्ने भएको छ । यसर्थ, आजसम्म कायम सेयरधनीहरूले इन्स्योरेन्सको साधारण सभामा भाग दिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १.२४८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सोही प्रस्तावसहित कम्पनीले चैत ८ गते, शुक्रवार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
प्रतिक्रिया