हकप्रद सेयर निष्कासन गर्दै दोर्दी खोला जलविद्युत

आइतबार, २५ फागुन २०८१, १० : १२

काठमाडौं - दोर्दी खोला जलविद्युतले आफ्ना सेयरधनीहरुका लागि चैत १९ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री खुलाउनेछ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, वीरगन्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हकप्रद सेयर जारी गर्न कम्पनीले गत फागुन १५ गते बुकक्लोज गरेको थियो। यसको अर्थ फागुन १३ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। लगानीकर्ताले २०८१ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

आइतबार, २५ फागुन २०८१, १० : १२

प्रतिक्रिया