आइजीआई प्रुडेन्सियलको एजीएम आज, लाभांश वितरण मुख्य एजेन्डा

आइतबार, २५ फागुन २०८१, १० : २१

काठमाडौं - आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज बस्दैछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली बैङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ।

सभाले चुक्ता पुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ।

त्यसैगरी नियामक निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १२ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

आइतबार, २५ फागुन २०८१, १० : २१

प्रतिक्रिया