प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

आइतबार, २५ फागुन २०८१, ११ : ०७

काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४४ अंकले बढेको छ ।

यससँगै सूचक २८१९.८८ विन्दुमा कायम भएको छ । आइतबार १ करोड ४९ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७६ कम्पनीको १६ हजार ५ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय २९ वटा कारोबार भएको हो ।

२९ कम्पनीको मूल्य बढ्दा ३४ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।


 

आइतबार, २५ फागुन २०८१, ११ : ०७

प्रतिक्रिया