चिरख्वा हाइड्रोपावरले बोलायो छैठौं वार्षिक साधारण सभा

आइतबार, २५ फागुन २०८१, ११ : ०९

काठमाडौं - आगामी चैत १० गतेका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो छैठौं साधारण सभा बोलाएको छ।

कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान ९ बजेका लागि सभा बोलाएको हो ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी भने कुनै प्रस्ताव समावेश गरेको छैन। गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेस हुनेछ।

साथै, राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा अनुमोदन गर्ने र आयोजनाहरू पहिचान गरी उपयुक्त आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव समावेश गरिएको छ । 

सभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।
 

आइतबार, २५ फागुन २०८१, ११ : ०९

प्रतिक्रिया