नेप्सेमा दोहोरो अंकको गिरावट, कुन कम्पनीको कति भयो कारोबार ?

आइतबार, २५ फागुन २०८१, १५ : ०७

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९ करोड ३६ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट आउँदा सिन्धु विकास बैंक, उपकार लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

1

 

2

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब १२ करोड ४८ लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ५९ करोड ९८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन एनआरएन एन्फ्रास्ट्रक्चरको ५५ करोड ९ लाख ४५ हजार रुपैंया, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४५ करोड ५६ लाख ७८ हजार रुपैयाँ, सिइडिबी होल्डिङको ३० करोड ५९ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

22
यस दिन बजारमा गिरावट आउँदा पनि आज गार्डियन माइक्रो लाइफ इन्स्यारेन्स, ९ प्रतिशत आइसिएफसी डिवेञ्चर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मा सकरात्मक सर्किट लाएको छ ।
 

Capture


 

आइतबार, २५ फागुन २०८१, १५ : ०७

प्रतिक्रिया