काठमाडौं - क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछ।कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यस आईपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।
सोमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया