नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत

आइतबार, २५ फागुन २०८१, १७ : ०३

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको सेयर र सूचीकृत भएको छ ।

आइतबार एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशतले हुन आउने कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने नेपाल ल्यूब आयलको २० प्रतिशतले हुन आउने कुल १ लाख २१ हजार ४ सय ३७.८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिनेछ ।

आइतबार, २५ फागुन २०८१, १७ : ०३

प्रतिक्रिया