एभरेष्ट बैंकद्वारा पाँच वर्ष पुरानो लाभांश लैजान आग्रह

सोमबार, २६ फागुन २०८१, ११ : ०४

काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले  पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ ।

आव २०५२–०५३ देखि आव २०७४–०७५ सम्ममा बैंकको विभिन्न साधारणसभाले पारित गरेको (पाँच वर्षभन्दा पुरानो)लाभांश हालसम्म पनि नलिएका सेयरधनीलाई ३० दिनभित्र लैजान आग्रह गरेको छ । 

बैंकका अनुसार, सेयर निष्कासनका समयमा धितोपत्र खरिदका लागि आवेदन पेश गरेका सेयरधनीलाई बाँकी रहेको रकम तुरुन्तै बुझ्न आग्रह गरिएको हो। यसका लागि, सेयरधनीले बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ।

सोमबार, २६ फागुन २०८१, ११ : ०४

प्रतिक्रिया