काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९२ अंकले घटेको छ ।
यससँगै सूचक २७७०.१७ विन्दुमा कायम भएको छ । सोमबार १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको १० हजार ६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५ वटा कारोबार भएको हो ।
१६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिक्रिया