जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सोमबार, २६ फागुन २०८१, ११ : ३६

काठमाडौं- जीवन विकास लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ। खरिदकर्ताले मोरङ, कटहरी–२ स्थित कम्पनीको कार्यालय वा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा ७ दिन भित्र निवेदन दिनु पर्नेछ।

सेयर बिक्रेता र खरिदकर्ताको आपसी सहमतिमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ। 

67ce6f6a6879e.jpg

सोमबार, २६ फागुन २०८१, ११ : ३६

प्रतिक्रिया